प्रेम र कमेडी कथामा ‘प्रेमनाथ’ बन्ने

काठमाडौं – अभिनेता गणेश बेल्वासे नयाँ चलचित्रको तयारीमा जुटेका छन् । चलचित्र हो ‘प्रेमनाथ’ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले चलचित्रको विभिन्न पक्षबारे जानकारी गराएको छ ।  बेल्बासे आफैले निर्देशन गर्ने चलचित्रको १८ भदौ अर्थात भोलीदेखि छायाँकन सुरु हुँदैछ । प्रेम, कमेडी र सस्पेन्स कथामा आधारित यो चलचित्रको शुटिङ नेपाल र भारतमा हुने निर्माता बेल्वासेले बताए ।

अर्काे बर्षको जेठमा रिलिज गर्ने योजनासहित निर्माण हुन लागेको चलचित्रका कपिलप्रसाद द्वा कार्यकारी निर्माता हुन् भने सह–निर्मातामा बसन्तराज भट्ट रहेका छन् । प्रेमनाथ नेपाल र भारतमा एकसाथ रिलिज तयारीसहित सुटिङमा जान लागेको चलचित्र नेपालमा गोपाल कायस्थ र भारतमा बर्चस्व इन्फ्राटेक प्रालिका उमेश सिंहले वितरण गर्दैछन् ।

नीर शाह, मोहन निरौला, सुरवीर पण्डित, कमल गाउँले, राज थापा, मियुम जिरेल, मोनालिसा विष्ट, कीर्ति गौतम, पुजा रिमाल लगायतको अभिनय रहने चलचित्रमा भरत क्षेत्रीको द्धन्द्ध, सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीको संगीत, रजिन पाठकको नृत्य रहनेछ ।  ‘प्रेमनाथ’को कथा र पटकथा निर्देशक बेल्वासे आफैले लेखेका छन् । यो चलचित्र अगाडि बेल्वासेले ‘उहिले बाजेको पालामा’ निर्माण गरेका थिए ।

स्रोत Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *