इन्टरनेशनल सिमेन्ट उद्योगको ‘ओपिसी’ उत्पादनमा रोक

नेपाल गुणस्तर तथा नापतौल विभागले इन्टरनेशनल सिमेन्ट उद्योग पर्साको ओपिसी सिमेन्ट उत्पादनमा इजाजत रोक्का गरेको छ।

उत्पादित ओपिसी सिमेन्टमा इन्सोवल रेसिड्यु (आईआर) र लाइम स्याट्युरेशन फ्याक्टर (एलएसएफ) गुणस्तर अनुरूप नरहेको पाइएकाले रोक्का गरिएको विभागले जनाएको छ।

अब प्रक्रिया पुर्याएर इजाजत नलिएसम्म उद्योगले ओपिसी सिमेन्ट उत्पादन गर्न पाउने छैन।

स्रोत Setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *