फेरि पर्दामा प्रदीप र जसिताको जोडी

काठमाडौं – अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको जोडी फेरि पर्दामा जम्ने भएको छ । निर्माता वितरक गोबिन्द शाहीले निर्माण गर्न लागेको चलचित्र ‘लभ स्टेशन’ यी दुबैको रोमान्स रहने भएको हो ।
यी दुबैले यस अगाडि चलचित्र ‘लिलिबिलि’ मा एकसाथ काम गरेका थिए । जुन जोडी दर्शकले मन पराएका थिए ।

लन्डन निवासी जसिता चलचित्रका लागि केही दिन पहिले काठमाडौ आएकी छन् । नेपाल आएलगतै उनी चलचित्रको वर्कसपमा सहभागी भएकी छन् ।  उज्जवल घिमिरेले निर्देशन रहने चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि अभिनय रहने चर्चा चले पनि निर्माण युनिटले आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।

लभ स्टोरी जनरामा निर्माण हुने यो चलचित्रको सम्पूर्ण छायाँकन अमेरिकासहित बिदेशी भूमिमै गरिने निर्माता शाहीले जानकारी दिए ।

स्रोत Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *